काठमाडौं । सर्लाही-४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै थापाले निर्वाचन परिणामलाई सम्मान गर्दै सिंहलाई जितको शुभकामना व्यक्त गरेका हुन् । उनले सर्लाही–४ का नागरिकले उठाएका समस्या र अपेक्षाबारे आफूले चुनावी अभियानका क्रममा धेरै कुरा देखेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि आफ्नो क्षमताभित्र रहेका कामहरू निरन्तर गर्ने बताएका छन् ।
उक्त निर्वाचनमा सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजयी हुँदा थापा २२ हजार ८३१ मतसहित पराजित भए । सिंहले थापालाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक गरेका थिए । चौथो पटक चुनावी मैदानमा उत्रिएका थापाको पहिलो हार भएको छ ।





















प्रतिक्रिया