काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको अध्ययन तथा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको टोली आइतबार प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुगेको हो।
उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।





















प्रतिक्रिया