Logo

प्रमुख समाचार

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी



काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ३ हजार ४२८, नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह ३ हजार ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १२:०७   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।