Logo

प्रमुख समाचार

भोजपुरमा एमाले नेता शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित



काठमाडौं । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । राईले १६ हजार ६६३ मत पाउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० भोट पाए । शेरधन कोशी प्रदेशका मुख्यमन्त्री हुन् ।

यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५७२८ मत ल्याए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १६:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।