तेहरान । इरानका एक प्राध्यापकले अमेरिका र इजरायलले इरानलाई टुक्र्याउने योजना बनाइरहेको आरोप लगाएका छन् ।
तेहरान विश्वविद्यालयका प्राध्यापक फोआद इजादीले अल जजिरासँग कुरा गर्दै अमेरिका र इजरायलले इरानलाई विखण्डन गर्ने योजना बनाएको दाबी गरेका हुन् ।
उनका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धपछि इरानको नक्सा पहिलेजस्तो नदेखिन सक्ने संकेत दिएको टिप्पणीले अमेरिका र इजरायलले यस्तो खालको योजना बनाएको देखाउने इजादीले भनेका छन् ।
इजादीका अनुसार अमेरिका र इजरायलले इरानलाई ‘बाल्कनाइज’ अर्थात् स–साना भागमा विभाजन गर्ने रणनीति बनाएको हुन सक्छ । ट्रम्पको ध्यान विशेषगरी पर्सियन गल्फ (अरेबियन गल्फ) वरिपरिका तेलसम्पन्न क्षेत्रतर्फ रहेको उनले बताए ।
‘मलाई लाग्छ कि ट्रम्प इरानको तेलमा धनी क्षेत्रहरू छुट्याउन इच्छुक छन्, जुन पर्सियन खाडीको उत्तरी भागमा अवस्थित छ । उनले सम्भवतः कसैलाई तेल–धनी क्षेत्रहरूको जिम्मेवारी दिनेछन्, र बाँकी इरानको उनलाई खासै धेरै काम हुनेछैन,’ अरेबियन खाडी भनेर पनि चिनिने खाडीलाई पनि उल्लेख गर्दै उनले भने ।





















प्रतिक्रिया