Logo

समाचार

सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धसपाल्चोक क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन् ।

दुलालले २१ हजार ६ सय ९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङले १९ हजार १ सय ४६ मत प्राप्त गरे ।

दुलाल २०७४ देखि २०७९ र २०७९ देखि २०८२ माघसम्म दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास मन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ०८:४६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।