Logo

अर्थ

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक



काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । अब ४० मिनेटपछि मात्रै कारोबार खुल्ने छ ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ११:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।