काठमाडौं । सर्वोच्च अदालत ले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलले उम्मेदवारी खारेजविरुद्ध दायर गरेको रिटमाथि न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार आयोगलाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो ।
अदालतले आयोगलाई उम्मेदवारी खारेजीसम्बन्धी निर्णयसहितको फाइल पेश गर्न पनि निर्देशन दिएको छ। अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि आगामी फागुन २९ गते पेशी तोकिएको छ।
निर्वाचन आयोगले कालोसूचीमा रहेको उजुरीका आधारमा फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो। मुद्दा विचाराधीन रहेकाले धनुषा–१ को मतगणना सकिए पनि परिणाम भने हालसम्म सार्वजनिक गरिएको छैन।






















प्रतिक्रिया