Logo

राजनीति

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरुको आग्रह



ललितपुर । नेपाली कांग्रेस भित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको बताएका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा महांकालका अध्यक्ष गणेश बहादुर के.सी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरे पनि छन् ।

विशेष महाधिवेशनबाट चुनिएका सभापति थापासहितका अधिकांश पदाधिकारी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि थापाले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने भन्ने बहस जारी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार १२:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।