Logo

राजनीति

ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख



काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।

उनले सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन् भने पालिका स्तरीय भेटघाट र आमसभामा ३ लाख ५० हजार, स्पिकर, मिडिया र स्टेसनरीमा ३ लाख, पालिका स्तरीय घरदैलोमा २ लाख ८० हजार, जिल्ला स्तरीय आमसभा २ लाख २५ हजार, ब्यानर र नमुना मतपत्रमा २ लाख २० हजार, युवा परिचालनमा ८० हजार र मनोनयन दर्तामा १० हजार खर्च भएको विवरण पेश गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।