Logo

राजनीति

श्रम संस्कृतिले समानुपातिक सांसदको नाम टुंग्यायो, को-को परे ?



काठमाडौं। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीबाट सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ ।

आइतबार समानुपातिक सांसदहरुको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए।

उनका अनुसार आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बु,खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला,दलिततर्फ राधिका रम्तेल र मधेसीतर्फ रुवी कुमारी ठाकुरको नाम आयोगमा पठाइएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १५:५०   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।