Logo

प्रमुख समाचार

उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती राप्रपाकी समानुपातिक सांसद, अन्य को परे ?



त्यस्तै मुस्लिम क्लस्टरबाट ताहिर अलीलाई सांसद बनाउने निर्णय गरिएको छ। त्यसैगरी महिला जनजाती कोटाबाट सरस्वती लामा र खुस्बु ओलीलाई सिफारिस गरिएको छ। लामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन्। यसअघि बुद्धिमानले आफ्नी बुहारीलाई सांसद बनाएका थिए। आगामी महाधिवेशनमा आफ्नो प्यानल बलियो बनाउन अध्यक्ष राजेन्द्र लिङ्देनले उनकी श्रीमतीलाई सांसद बनाएको चर्चा छ।

राप्रपाको यो निर्णयसँगै पार्टीभित्र व्यापक असन्तुष्टि चुलिएको छ। देश भरबाट राप्रपा प्रत्यक्षमा एक र समानुपातिकमा जम्मा ४ सिटमा सिमित भएर मुद्दा नै कमजोर बन्ने स्थितिमा पुगेपछि भएका मध्य छानेर सडकको आवाज सदनमा बोल्न सक्ने धार्मिक योद्धाहरु सिफारिस गर्नुपर्ने आवाज चौतर्फी उठेको थियो। तर, राप्रपाले जनमतको कदर नगरी पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै पार्टी बैठककै नेताहरु दुई कित्तामा विभाजित भएका छन्।

राप्रपाबाट खुस्बु ओलीसँगै खस आर्यबाट पुष्पराज पुरुष , दलित कोटाबाट अमर परियारलाई सिफारिस गर्न राप्रपाका नेताहरुलाई कार्यकर्ताले दवाव दिएका थिए ।

 

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १६:०८   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।