काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावर, एनआरएन र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा यूनाइटेड इदि मर्दि आरबी हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत २ लाख ३० हजार ४१२ कित्ता, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनश वापत १४ लाख ६२ हजार ७१० दशमलव ५० कित्ता र एनआरएनको ४० प्रतिशत बोनश वापत ५१ लाख ३७ हजार ४८९ दशमलव १४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीहरुको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।





















प्रतिक्रिया