Logo

समाचार

बैंकहरूको फेसबुक फलोअर्समा नबिल बैंक पहिलो, एनआईसी एसिया दोस्रो!



काठमाडौँ ।नेपालका बैंकहरूमध्ये सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै फलोअर्स कसको छ? उपलब्ध विवरणअनुसार फेसबुक फलोअर्सको सूचीमा नबिल बैंक पहिलो स्थानमा देखिएको छ। नबिल बैंकलाई १२ लाखले फलो गरेका छन् भने एनआईसी एसिया बैंक ११ लाख फलोअर्ससहित दोस्रो स्थानमा छ।

त्यस्तै, सिद्धार्थ बैंक ५ लाख २८ हजार फलोअर्ससहित तेस्रो स्थानमा रहँदा नेपाल बैंक ४ लाख ७९ हजार र ग्लोबल आइएमई बैंक ४ लाख ५८ हजार फलोअर्ससहित क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ लाख २७ हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख ८० हजार र एनएमबी बैंकको २ लाख ९३ हजार फलोअर्स रहेका छन्।

त्यसैगरी, एभरेस्ट बैंकको २ लाख ९० हजार, सिटिजन्स बैंकको २ लाख ६ हजार र प्रभु बैंकको १ लाख ९५ हजार फलोअर्स छन्। सूचीको पछिल्लो स्थानमा भने कृषि विकास बैंक देखिएको छ। बैंकको फेसबुक फलोअर्स संख्या ३२ हजार मात्रै छ। प्राइम बैंकको ३५ हजार र नेपाल एसबीआई बैंकको ४४ हजार फलोअर्स छन्।

फेसबुकमा धेरै फलोअर्स हुनु मात्रै बैंकको सेवा र विश्वसनीयताको मापदण्ड होइन। तर डिजिटल उपस्थितिका हिसाबले बैंकहरूबीचको प्रतिस्पर्धा भने यो तथ्यांकले देखाउँछ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।