काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक केहीबेरपछि बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो ।
पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।
‘आजबाट सुरु हुने बैठकमा अधिवेशनबारे छलफल हुँदैन । पार्टी सभापतिको राजीनामाबारे छलफल र प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा गर्ने बैठकको एजेन्डा तय भएको छ,’ सहमहामन्त्री उदय शमशेर राणाले बताए ।





















प्रतिक्रिया