Logo

राजनीति

सागर ढकालको चुनावी खर्च १९ लाख १८ हजार



काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्।

ढकालले सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा जम्मा २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो। चुनावी प्रचारप्रसार र विभिन्न अभियानका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्।

चुनावी खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको ढकालले जानकारी दिएका छन्। चुनावी अभियानमा संकलन भई खर्च गरेर बाँकी रहेको उक्त बचत रकमलाई ढकालले व्यक्तिगत प्रयोजनमा नलगाई गुल्मीको विकास र देशको उन्नतिका लागि प्रयोग गर्ने घोषणा गरेका छन्।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार १४:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।