रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘एक शेयरधनी एक बीमालेख अभियान’ सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस्तो योजना सार्वजनीक गरेको हो ।
यस अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउने प्रयास भएको कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकाश र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टलमार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिने सक्ने जनाइएको छ ।





















प्रतिक्रिया