Logo

प्रमुख समाचार

कार्की आयोगमा रविको बयान- ‘भीडले धकेल्दै बाहिर पुर्‍यायो’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका बेला आफूले कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको बयान दिएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष लामिछानेले भदौ २३ गते कारागारको अवस्था सामान्य नै रहे पनि २४ गते आफूलाई कारागारका नाइकेहरूले बोलाएर बाहिर असामान्य स्थिति सिर्जना भएको तथा ठुलो भीड जम्मा भएकाले पार्टीको जिम्मामा पठाउनुपर्ने अवस्था आएको खुलाएका छन् ।

‘जेल प्रशासनले भीडलाई म स्वयंले सम्झाउन सक्ने भन्दै पटक पटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ’, लामिछानेले भनेका छन्, ‘प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो ।’

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १७:२०   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।