काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टीको क्रियाशील सदस्यता नवीकरण नगर्ने बताएका छन्। उनले आफू लेबी (अनिवार्य योगदान) प्रणालीमा विश्वास नगर्ने कारण देखाउँदै यस्तो निर्णय लिएको बताएका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बजगाईंले कांग्रेसमा वामपन्थीकरण बढ्दै गएको आरोपसमेत लगाएका छन्। उनले पार्टीभित्र चन्दा र लेबीको रकम मनपरी रूपमा खर्च गरिएको दाबी गरेका छन्।
उनले लेखेका छन्, “मेरो क्रियाशील नवीकरण नगर्नू। यसकारणः म लेबीमा विश्वास गर्दिनँ। कांग्रेसको वामपन्थीकरण भयो। चन्दा र लेबीको मनपरी खर्च गरे। युनिटी लाइफजस्तै क्रियाशील वितरण गर्ने भए।”





















प्रतिक्रिया