काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूसँग आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले समस्या र समाधानका उपायबारे चासो राखेका हुन् ।
कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने क्रममा उनले शुरुमै भने, ‘एकदम छोटोमा, टू दी पोइन्ट कुरा राख्नुस् ।’
उनले तत्काल गरिहाल्नुपर्ने, बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी तीन किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए ।
छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले प्रदेशको सामूहिक समस्या र आ–आफ्नो क्षेत्रका समस्या जानकारी गराएको बताए । जवाफमा प्रधानमन्त्री शाहले समस्याको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राखेको छलफलपछि न्यौपाने जानकारी दिए । ‘उहाँले हामीले आ–आफ्ना निर्वाचन क्षेत्रमा भएका समस्या र एक जिल्ला वा एक क्षेत्र बढीका समस्या राख्यौँ’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘बजेट र प्राथमिकता निर्धारण गरेर समस्या समाधान गर्न सकिने विचार राख्नुभयो ।’





















प्रतिक्रिया