Logo

विविध

यसकारण भएको थियो लोबुचेमा हेलिकोप्टर दुर्घटना



सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा भएको अल्टिच्युड एयरको होलिकप्टर दुर्घटना सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा विङले भुइको हिउँ उडेर दृश्यमा असर गरी दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हिउँले ढाकिएको हेलिप्याडमा आवश्यक कुनै दृश्य, चिन्ह वा संकेत नभएको र चालकलाई मार्गनिर्देश गर्ने सहयोगी कर्मचारी नहुँदा दुर्घटना हुन पुगेको रिपोर्टमा उल्लेख छ ।
त्यस्तै लुक्लामा रहेको कम्पनीको आधार कार्यालयका प्रमुख नरहेको जसले गर्दा उडान-अवतरणका लागि आयश्यक जोखिम मुल्यांकन र समन्वय हुन सकेको प्रतिवेदनमा उल्लेख छ।
गत कार्तिक १२ गते भएको अल्टिच्युड उयरको कलसाईन ९एन–एएमएस भएको हेलिकप्टर लुक्लाबाट दुई जनाको उद्धार लागि लोबुचे उडेको थियो । तर अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
होलिकप्टर प्राविधिक रुपमा उडाउन योग्य रहेको र कुनै यान्त्रिक खरावी नरहेको समितिले रिपोर्टमा उल्लेख गरेको छ ।
हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा दृश्य गुमाउनु र जमिनको सतह समतल नहुनुले हेलिकप्टर पल्टिन पुगेको, यसबाट हेलिकप्टरको टेलबुम अलग भएको र मुख्य भागमा गम्भिर क्षति पुगेको थियो ।
आयोगले दिएको प्रतिवेदनमा भविष्यमा यस्ता दुर्घछना हुन नदिन नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकप्टर कम्पनीलाई ९ बुँदै सुरक्षा सिफारिस गरेको छ ।
१ डिस्प्याचरको अनिवार्य उपस्थिति: सबै हेलिकप्टर सञ्चालकहरूले पिक सिजन र विशेष उडानहरूको समयमा प्रभावकारी परिचालन नियन्त्रण र सुरक्षा निगरानीका लागि लुक्ला जस्ता उपआधारहरूमा लाइसेन्स प्राप्त डिस्प्याचर भौतिक रूपमा उपस्थित भएको सुनिश्चित गर्नुपर्नेछ । 
 
२ विस्तृत ब्रिफिङ: उडान दलले अवतरण स्थलको कोअर्डिनेट र उचाइ, सतहको अवस्था, मौसमको पूर्वानुमान, ग्राउन्ड सपोर्टको उपलब्धता र विमानको कार्यक्षमता मापदण्डका बारेमा विस्तृत ब्रिफिङ  प्राप्त गर्नुपर्नेछ ।
३ जोखिम मूल्यांकन प्रतिवेदन: दुर्गम हेलिप्याड, उद्धार वा समय(संवेदनशील मिसनहरू र दृश्यता कम भएका उडानहरूका लागि सञ्चालकहरूले अनिवार्य रूपमा लिखित पूर्वउडान जोखिम मूल्यांकन तयार गर्नुपर्नेछ । 
४ हेलिप्याडको मर्मतसम्भार: नियमित यात्रु वा कार्गो उडानका लागि प्रयोग गरिने हेलिप्याडहरूको अवतरण र उडान क्षेत्रको आकार र सतहको अवस्था उचित रूपमा कायम गरिएको सुनिश्चित गर्नुपर्नेछ ।
५ मार्शलरको व्यवस्था: स्थानीय कर्मचारीहरूसँग समन्वय गरी सम्भव भएसम्म मार्शलर वा अवतरण सहयोगीको व्यवस्था गर्नुपर्नेछ, जसले अवतरण अगावै हेलिप्याड सफा गर्ने र स्पष्ट दृश्य चिन्हहरू राख्ने काम गर्नेछन्।
६ एसएमएस समीक्षा: सबै सञ्चालकहरूले आफ्नो आन्तरिक सुरक्षा व्यवस्थापन प्रणालीको समीक्षा गरी मानक सञ्चालन प्रक्रियाको पालना र सुरक्षा सञ्चारको प्रभावकारिता जाँच गर्नुपर्नेछ ।
७ हेलिप्याडको जोखिम मूल्यांकन: नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै तोकिएका हेलिप्याडहरूको सतह र दृश्य संकेतहरूको जोखिम मूल्यांकन गरी देखिएका खतराहरूलाई तुरुन्तै न्यूनीकरण गर्नुपर्नेछ ।
८ मानक चिन्हहरूको प्रयोग: क्यानले लोबुचे जस्ता उच्च हिमाली र धेरै उडान हुने हेलिप्याडहरूमा स्पष्ट र मानक चिन्हहरू राख्नुपर्नेछ ।

 

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार २१:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।