Logo

विविध

थप १५ दिन २४ सैँ घण्टा नेपाललाई भारतले विद्युत् दिने सहमति



काठमाडौं। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिन २४ सैँ घण्टा नेपालमा विद्युत निर्यातको लागि अनुमति दिएको छ।

विद्युत प्राधिकरणका अनुसार यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो। तर, अहिले भारतले थप गरेर १ अप्रिलदेखि १५ दिन २४ सै घण्टा विद्युत निर्यात गर्न अनुमति प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

उनका अनुसार त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका अर्थात बैशाख १ देखि जेठ १५ गतेसम्म दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको छ।

भारतले अनुमतिअनुसार १६ घण्टा विद्युत आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने शाक्यको भनाइ थियो। यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहने छ।

त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिने अनुमति पाएको उनको भनाइ छ। १ मेदेखि ३० जुनसम्म समेत दैनिक १६ घण्टा नै विद्युत दिने छ।

तर, सो अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् दिने छ। बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने बन्द रहने छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार २१:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।