Logo

प्रमुख समाचार

६ सहसचिवको सरुवा, प्रदिप परियार प्रधानमन्त्रीको निजी सचिव



काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदीप परियारलाई संघीय मामिलाबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ । परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन् ।

यस्तै टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ ।

त्यसैगरी ज्ञानहरि घिमरेलाई जनकपुरधाम उपमहानगरमा कामकाज र नवराज शर्मालाई सहरी विकास मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार २०:११   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।