Logo

प्रमुख समाचार

एमाले संसदीय दलको नेतामा सुहाङले गरे दाबी



काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।

पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

सुहाङले बैठकमा भने- ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ ।’

यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १३:११   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।