काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलका नेता रामबहादुर थापा बादलले सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको निष्कर्षसहित रिहा गर्न माग गरेको बताए।
पूर्वप्रधानमन्त्री ओली र लेखकलाई निशर्त रिहा गर्नुपर्ने बताए। उनले भोलिबाट सुरु हुने सदनमा पनि आफूहरूले यो विषयमा आवाज उठाउने भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।


















प्रतिक्रिया