काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई बधाई दिएका छन्।
सभामुखको हैसियतमा अर्यालले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्ने लामिछानेले विश्वास व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
यस्तै, उनले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएको भन्दै अर्जुननरसिंह केसीलाई पनि धन्यवाद दिएका छन्।





















प्रतिक्रिया