Logo

प्रमुख समाचार

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश केहीबेरमा



काठमाडौं । पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबार साँझ बहस सकिएको छ। बहस सकिएसँगै आदेशको तयारी भइरहेको अदालत स्रोतले जानकारी दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सरकारी वकिल र रिट निवेदक दुवैतर्फबाट बहस सकिएपछि केहीबेरमा आदेश आउने अदालत स्रोतले जानकारी दिएको हो।

बन्दीप्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ सुरु भएको हो।

सरकारले उनीहरूलाई पक्राउ गरेको पक्षमा सोमबार नायव महान्यायाधिवक्ताहरू संजीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता शान्ति न्यौपानेले बहस गरेका थिए।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १८:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।