Logo

राजनीति

नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा छ: सांसद धामी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं १ का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा रहेको बताए ।

उनले भने, ‘सीमा विवाद र खुला सीमाका कारण मेरो क्षेत्रका जनताहरूले ठूलो चुनौतीको सामना गर्नु परेको छ । जहाँ गोविन्द गौतम सहीद पनि भएका थिए । नेपालीहरूको हातमा लालपुर्जा छ । जग्गा भारतीयहरूको चलनभोगमा छ ।’
त्यस्तै उनले भारतीय पक्षले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको पनि जानकारी गराए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार १४:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।