Logo

राजनीति

देउवालाई पत्र लेख्दै कांग्रेसले भन्यो: नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउनुस्



काठमाडौं । नेपाली कांग्रेसले पार्टी पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

गण्डकीको समिक्षा बैठक पोखरामा उपसभापति विश्वप्रकाश शर्माले देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गर्दै सन्देश पठाइएको बताए ।

“देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र डा आरजु देउवालाई पार्टीको सुझाव छ l उहाँहरु समक्ष पार्टीको यो सन्देश हामीले पठाइ सकेका छौं,” उपसभापति शर्माले भने ।

साथै, कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र ब्यवहार गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको पनि उपसभापति शर्माले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार २०:४२   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।