Logo

राजनीति

ओलीको स्वास्थ्य ‘गडबडी’ नभए सोमबार अप्रेसन



काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ ।

अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा.सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताए ।

‘रिपोर्टहरू नर्मल रहेका छन् । तर यो बिचमा कुनै उत्तारचढाव भएन भने सोमबार शल्यक्रियाको तयारी भएको छ’, डा.आचार्यको भनाइ छ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए ।

तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

 

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार १८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।