Logo

राजनीति

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल



काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गरेका छन्।

यही चैत २२ गते सभामुखमा निर्वाचित अर्यालले आज पूर्वसभामुखद्वव देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका थिए।

त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणलगायत विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार २०:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।