Logo

प्रमुख समाचार

स्वास्थ्यमन्त्री मेहता फेरि विवादमा, प्रावधान विपरित बनाइन् १०औँ तहकी खड्कीलाई महानिर्देशक



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रधानमन्त्री बालेन्द्र शाहले सचेत गराइपछि पनि अर्को विवादास्पद निर्णय गरेकी छन्।

औषधि व्यवस्था विभागमा ११औँ तहका सहसचिव महानिर्देशक हुनुपर्ने प्रावधान हुँदाहुँदै उनले १०औँ तहकी शिवानी खड्कीलाई महानिर्देशकमा नियुक्त गरेकी हुन्।

चैत २६ गते सचेत गराइएपछि भोलिपल्टै मन्त्रीस्तरीय निर्णय गर्दै नियुक्ति गरिएको बताइएको छ।

यसअघि स्वास्थ्य बीमा बोर्डमा जुनु श्रेष्ठलाई नियुक्त गर्दा पनि विवाद भएको थियो। नयाँ नियुक्तिपछि वरिष्ठता र मेरिटोक्रेसीमाथि प्रश्न उठेको छ, किनकि ११औँ तहका भरत भट्टराईलाई पाखा लगाइएको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार १५:०८   :  बजे

768
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।