काठमाडौं । नेपालमा चालु आर्थिक वर्षमा तेस्रो त्रैमासिक अवधिसम्म ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागकाअनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् भने सो रकम बराबरको लगानी स्वीकृत गरिएको छ । यस अवधिमा अटोमेटिक रुटबाट ४ अर्ब ९ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ६९ करोड बराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ ।
जसमध्ये अटोमेटिक रुटबाट संख्यात्मक रुपमा सबैभन्दा धेरै ४२६ कम्पनी दर्ता भएका छन् । अप्रुभल रुटबाट १८९ कम्पनी दर्ता भएको देखिन्छ । चैतमा मात्र कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस महिनामा ६१ उद्योग दर्ता भएका छन् ।
यस वर्ष दर्ता भएका अधिकांशको प्रकृति भने साना उद्योग रहेको छ । यस अवधिमा मझौला र ठूला उद्योग ८/८ वटा मात्र दर्ता भएका छन् ।




















प्रतिक्रिया