Logo

समाचार

मालवस्तु ढुवानीमा स्थानीय तहले अब कर लगाउन नपाउने



काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको बाटो हुँदै जाने मालवस्तुको ढुवानीमा कुनै पनि प्रकारको कर लगाउन नपाइने भएको छ ।

बुधबार बसेको अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्यसरी कर लगाइनु नेपालको संविधान र प्रचलित कानुनको भावना विपरित भएको समेत बताएको छ ।

कुनै पनि स्थानीय तहले त्यस्तो शुल्क लगाइरहेको भए अब तत्काल खारेज गर्नुपर्ने भएको छ । बैठकले त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत लेखी पठाउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार २०:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।