Logo

प्रमुख समाचार

मातातीर्थ औँसीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’



काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साह(बालेन) ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका छन्।

उनले आफ्नो सन्देशमा संस्कृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उद्धृत गर्दै आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गरेका छन्। उनले आमालाई जीवनको पहिलो गुरु, माया र त्यागको अनुपम स्रोतका रूपमा वर्णन गरेका छन्।

बालेनले सबै आमाहरूको दीर्घायु, सुख र सम्मानको कामना गर्दै आमाप्रतिको कृतज्ञता व्यक्त गरेका छन्। साथै, ‘आमालाई सधैं हँसाउन सकौँ र सन्तानको कर्ममा आमाले गर्व गर्न सकून्’ भन्ने भावनासमेत व्यक्त गरेका छन्।

उनले अन्त्यमा नेपाल आमाप्रति संकेत गर्दै ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्दै देशको समृद्धि र खुसीप्रतिको अपेक्षा व्यक्त गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा उनले सम्पूर्ण आमाहरूलाई शुभकामना समेत दिएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ०९:३०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।