काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.३६ अंकले बढेर २,८३८ को विन्दुमा कायम भएको छ ।
आज १०८ कम्पनीको सेयर मूल्य बढेको छभने १५० कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड हाइड्रोपावर कम्पनी, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनकिा लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया