Logo

समाचार

काठमाडौं प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल



काठमाडौं । काठमाडौं प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ ।

गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गरेर भट्टराईले भने, ‘लागुऔषध, चोरी, गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने र भएकाहरूले प्रोफाइलिङ गरिएको हो ।’

अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशङ्का गरिएकाहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरिएको एसपी भट्टराईले जानकारी दिए ।

त्यस्तै, काठमाडौँ प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गरेको छ ।

‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौँ’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेशन गरेका छौँ ।’

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १९:०४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।