काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गरेका छन्।
सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका महामन्त्री प्रदिप पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद शुक्रबार मात्रै सर्वोच्च अदालतले निरूपण गरेको थियो। त्यसपछि खड्काको अध्यक्षतामा शनिबार १४औ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र आइतबार केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो।
बैठकले पार्टी जिम्मेवारी अब गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति बनेका थापाको काँधमा पुगेको निष्कर्ष निकालेको थियो।
आफूहरुले सम्मानजनक स्थान नपाएमा छुट्टै पार्टी गठन गर्नेसम्मका कुरा खड्का नेतृत्वको बैठकमा उठेको थियो।
त्यो बैठक लगत्तै खड्कालाई भेट्न सभापति उनकै निवासमा पुगेका हुन्। खड्का र थापाबीच भेटघाट भएको खड्काको सचिवालय र थापाको सचिवालयले पनि पुष्टि गरेका छन्।




















प्रतिक्रिया