Logo

बैंकिङ

नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि जागिर खुल्यो, कुन पदमा कति माग ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितामार्फत सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार सहायक निर्देशक (खुला तथा समावेशी) पदमा २६ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) मा ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) मा २ जना र सहायक निर्देशक (सूचना प्रविधि) मा ४ जना माग गरिएको छ ।

त्यस्तै, सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ ।

विज्ञापनअनुसार विभिन्न पदमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी तथा आदिवासी जनजातिका लागि समावेशी कोटासमेत छुट्याइएको छ ।

बैंकले २०८३ कात्तिक २७ गते विज्ञापन प्रकाशित गरेको हो । इच्छुक तथा योग्य उम्मेदवारले आगामी मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको अनलाइन आवेदन पोर्टल jobs.nrb.org.np मा गई सम्बन्धित पदको विज्ञापन तथा आवश्यक योग्यता, आवेदन प्रक्रिया र अन्य विवरण अध्ययन गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।