Logo

स्वास्थ्य

२४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।