काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती सरकारले खाली गराएको छ भने अब त्रिभुवन विमानस्थल छेउमा रहेको गैरीगाउँस्थित बस्ती खाली गराउने तयारी छ ।
सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुम्बासी हटाउन निर्देशन दिएसँगै शनिबार बिहानैदेखि त्यो बस्तीमा डोजर चल्यो । बस्ती खाली गराउनुपूर्व स्थानीय प्रशासनदेखि संघीय सरकार र नेपाली सेना समेतले वक्तव्यवाजी गरेका थिए ।
गैरीगाउँको बस्ती खाली गर्नु पहिल्यै उता जडिबुटीस्थित मनोहरा किनारबाट सर्नेहरुलाई हेर्नेको सडकछेउ भीड लागेको छ । तर, देश बाहिरबाट आएर कपनमा टहरा बनाएर बस्ने रोहिंग्याबारे भने सरकार बोलेको छैन ।
उनीहरुको घरफिर्तीबारे कुनै बयान वा वक्तव्यवाजी वर्तमान सरकारले गरेको छैन । हाल कपनमा मात्रै ३०० धुरी हटरा निर्माण गरेका छन्, रोहिंग्याहरुले । उनीहरुको अवैध नेपाल प्रवेशबारे गृहमन्त्रालय र नेपाली सेना पूर्ण जानकार भए पनि निर्वाध बस्ती विस्तार भएको छ ।
खुला सिमानाकै कारण सन् २०१४ देखि नेपाल आएका रोहिंग्या सबैभन्दा पहिला बंगलादेश पुगेका थिए । बंगलादेशमा राजनीतिक उपद्रव मच्चिएपछि खुला सिमानाको फाइदा उठाउँदै नेपाल छिरेका रोहिंग्याहरु अन्त नगई सोझै संघीय राजधानी काठमाडौं छिरे । यद्यपि, घुसपैठीयाहरुले बंगलादेशमा रोहिंग्याको छुट्टै क्याम्प राखेका छन् ।
नेपालमा भने रोहिंग्यालाई सरकारले घोषित क्याम्पमा राखेको होइन, अघोसित रुपमा उनीहरुले बस्ती विस्तार गरिसकेका छन् । त्यति मात्र नभई उनीहरुले नेपालका सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, नुवाकोट तथा गोरखालगायत जिल्लाबाट नेपाली नागरिकता लिएका छन् भने झण्डै २ सय बढीले नेपालको राहदानी लिइसकेका छन् । केही समय पहिले साउदीको दूतावासबाट जारी ३०० जनाको विवरणमा झण्डै डेढसय जनाले रोहिंग्यासँग मेसिन रिडेवल नेपाली पासपोर्ट लिएको खुलेको थियो ।
कुनै समय गृहमन्त्रालयको प्रवक्ता रहेका तथा हाल निर्वाचन आयोगको प्रवक्ता नारायण भट्टराई स्वयंले दुई जना रोहिंग्यासँग सिन्धुपाल्चोक प्रशासनबाट तामाङ थर लेखाएर लिएको नागरिकता फेला पारेको बताएका थिए । जब दुई सय जना रोहिंग्याले नेपाली राहदानी नै लिइसकेको जानकारी पाएपछि उनी गृहमन्त्रालयको ७७ वटै जिल्ला प्रशासन हेर्ने शाखाबाट अन्यत्रै सरेका थिए ।
अर्कोतर्फ छानी छानी श्रम मन्त्रालय रोज्ने शरतसिंह भण्डारीले रोहिंग्याको पासपोर्ट बनाइदिने गिरोहले दिएको डिनरमै सहभागी भएका थिए । बीचमा हालको एक नम्बर दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल (डीपी) श्रममन्त्री भएर आएपछि पनि त्यो समूहले डिनर पार्टी दिन भ्याएको बताइन्छ । शरतसिंहरु दलीय रुपमा निमिट्यान्न भए पनि राजनीतिक पहुँचमा यथावत छन् । शरतसिंहका ज्वाइँ विराजभक्त श्रेष्ठे हालको सरकारमा उर्जामन्त्री छन् ।




















प्रतिक्रिया