Logo

अर्थ

तोलामा २७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ४ हजार ९९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार ११:२४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।