Logo

खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, को–को भिड्दैछन्?



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

चितवन राइनोज यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। अंकतालिकाको चौथो स्थानमा रहेको चितवन आजको खेलमा जित निकाल्दै आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्यमा हुनेछ। सातौं स्थानमा रहेको कर्णाली भने प्रतियोगितामा सुखद नतिजासहित अघि बढ्न चाहन्छ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। प्लेअफमा पुगिसकेको काठमाडौं अंकतालिकाको तेस्रो स्थानमा छ। प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको पोखरा भने तालिकाको पुछारमा छ।

आजका दुवै खेलले अंकतालिकाको अन्तिम समीकरण तय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। साथै, टोलीहरूको अन्तिम स्थान निर्धारणमा समेत यी खेलको नतिजा निर्णायक बन्नेछ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार ०७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।