Logo

अर्थ

सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड २ निष्कासन गर्ने, प्रतिइकाइ मूल्य १० रुपैयाँ



काठमाडौं। सानिमा क्यापिटलले वैशाख २४ देखि बन्दमुखी योजना सानिमा इक्विटी फन्ड २ निष्कासन गर्ने भएको छ। योजना सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुनेछ।

योजनाअन्तर्गत कम्पनीले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्ड १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्कासन गरिने कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

फन्डको इकाइ खरिदका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।