काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ ।




















प्रतिक्रिया