Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ७४ करोडकाे कारोबार



काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ ।

आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सिटी होटलका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका यकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १५:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।