Logo

अर्थ

अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, गौरवका आयोजनामार्फत आर्थिक समृद्धि खोज्दै सरकार (पूर्णपाठ)



काठमाडौं । अर्थमन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गर्दै आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने लक्ष्य अघि सारेको छ ।

सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा उल्लेख भएबमोजिम बालेन शाह नेतृत्वको नयाँ सरकारले सत्ता सम्हाल्दै गर्दा देशको अर्थतन्त्रको यथार्थ चित्र सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) जारी गरे । श्वेतपत्रमा विगतको नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद र शासकीय अस्थिरताका कारण अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको निष्कर्ष निकालिएको छ ।

विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको र चालु आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर जम्मा ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण मन्त्रालयको छ । अर्थतन्त्रका सूचकहरूले सरकारको वित्तीय अवस्था निकै दबाबमा रहेको देखाएका छन् ।

पूर्णपाठ :

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार १७:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।