काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया