Logo

बैंकिङ

लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।
बोनस शेयर जारीपछि आवश्यक हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहीबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।