Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी एक्सपाईरी पपअप देखिएपछि रिन्यू नाउ मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापन पछि कन्टीन्यू थिचेर आफ्नो ट्रानजेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ । यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो ल्क्ष्म्, एब्ल् तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १७:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।